काठमाण्डौँ, असार १ (ई-रैवार)
नेपालमा आज थप २७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १०६४ जनागरी कुल २७४५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४४५, कास्कीमा १५६ , धादिङमा ८३, ललितपुरमा ७४, झापा र मोरङमा ७०/७० जना, नुवाकोटमा ६९, मकवानपुरमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै चितवनमा ४४, सुनसरीमा ४३, सुर्खेतमा ३९, बर्दियामा ३५, दाङमा ३३, सिरहामा २९, काभ्रेपलाञ्चोकमा २८, रूपन्देहीमा २६, खोटाङमा २३ र बारामा २१ जना कोरोना संक्रमित थपिएका छन् ।
पाल्पा र दैलेखमा १८/१८ जना, संखुवासभा र स्याङजा १७/१७ जना, भक्तपुरमा १६, डोटीमा १५, बाँकेमा १३, जुम्ला र रूकुम पश्चिममा १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै कैलालीमा ९, सल्यानमा ८, पर्सामा ७, रौतहट, सप्तरी, सर्लाही सिन्धुपाल्चोक, नवलपरासी पुर्व, कञ्चनपुरमा ६/६ जना, महोत्तरी र रसुवामा ५/५ जना, इलाम, सिन्धुली, कपिलवस्तु र गुल्मी ४/४ जना, रामेछाप, अर्घाखाँची, प्युठान, जाजरकोट र डडेलधुरामा ३/३ जना, ताप्लेजुङ, सोलुखुम्बु, लमजुङ, बागलुङ, डोल्पा र हुम्लामा २/२ जना, तथा उदयपुर, धनकुटा, भोजपुर, धनुषा, म्याग्दी,कालिकोट, मुगु, दार्चुला र बैतडीमा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका ५१ बालबालिकाम कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
नेपामा सक्रिय संक्रमितको संख्या ६३ हजार २५७ पुगेको छ । देशभरका विभिन्न अस्पतालबाट पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ४ हजार १८७ रहेको छ । निको हुने दर ८८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृतयु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ ।


