पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध नेविसंघको प्रदर्शन

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध नेविसंघको प्रदर्शन
Spread the love

 

डडेल्धुरा,भदौ २ (ई-रैवार)

नेपाल विद्यार्थी संघ डडेल्धुराले पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध प्रदर्शन गरेको छ । सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेसँगै मंगरबार जिल्ला सदरमुकाम बागबजारमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता हुनुपर्ने मागसहित विद्यार्थीहरुले प्रर्दशन गरेका हुन् ।

कोरोना संक्रमणका बेला सरकारले राहातका कार्यक्रम ल्याउनुको सट्टा दैनिक जीवनयापनमा कठिनाई पु¥याउने निर्णय गरिरहेको विद्यार्थीहरुले आरोप लगाएका छन ।

यस्तै उनीहरुले विश्व विद्यालयमा अनियमित नियुक्ति रोक्नुपर्ने, कालोबजारी नियन्त्रण गर्नुपर्ने, बाढीपिडितको उचित व्यवस्थापन गर्नुपर्ने, लोकसेवाबाट कर्मचारी भर्ना गर्नुपर्ने, अमरगढी नगरपालिकाले ८ करोडको लगानीमा निर्माण गरेको नवनिर्मित भवनका बारेमा आधिकारिक धारणा दिनुपर्ने लगायताका माग राखेका थिए ।