जीप दुर्घटना हुदा २ जना घाइते

जीप दुर्घटना हुदा २ जना घाइते
Spread the love

 

बैतडी,  साउन  ३१ (ई-रैवार)

बैतडीमा जीप दुर्घटना हुदा २ जना घाइते भएका छन् । महाकाली राजमार्ग अन्तरगत सिल्लेगडा नजिक आज भएको दुर्घटनामा परि २ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा दोगडाकेदार ३ श्रीकोट सिल्लका जीप साहु ४२ बर्षीय दशरथ चन्द र ४० बर्षीय करन ऐरी रहेका छन् । घाइते दुबै जनाको अवस्था मध्यम रहेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज सई मोती बमले जानकारी दिए । उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल पठाईएको छ ।

सिल्लेगडाबाट खोचलेक गइरहेको से १ ज ३२८ नम्बरको जीप अपरान्ह ४ बजे सिल्लेगडा नजिकैको मोडमा दुर्घटनामा परेको हो । जीप सडकबाट २०० मिटर तल खसेको छ ।  साहु दशरथचन्द आफैंले जीप चलाईरहेको बताईएको छ ।

दुर्घटनाग्रस्त जीपमा २ जनामात्रै सवार रहेका खोचलेक प्रहरी चौकीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन् ।