नेपाली कांग्रेस संसदीय दलले गर्यो बिषयगत समिति सदस्य हेरफेर

नेपाली कांग्रेस संसदीय दलले गर्यो बिषयगत समिति सदस्य हेरफेर
Spread the love

 

कैलाली, साउन  ३१ (ई-रैवार)

नेपाली कांग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेश सभाले बिषयगत समिति सदस्य हेरफेर गरेको छ ।

आन्तरिक विवादले बिषयगत समितिहरुको काम कारबाही प्रभावकारी नभएको भन्दै गुनासो आइरहेको बेला कांग्रेस संसदिय दलले बिषयगत समिती सदस्य हेरफेर गरेको हो ।

सार्वजनिक लेखा समितिका सदस्य भरत बहादुर खड्का अर्थ विकास समितिमा परिर्वतन भएका छन्, भने लेखा समितिकै सदस्य कर्ण मल्ल सामाजिक समितिमा परिर्वतन भएका छन् ।

यस्तै अर्थ विकास समितिका सदस्य गोबिन्दराज बोहरा र सामाजिक समितिका सदस्य दिल्लीराज पन्त लेखा समितिमा परिर्वतन भएका छन् ।

कांग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावलले आपसी समझदारीमा जिम्मेवारी परिर्वतन गरिएको बताए । उनले कुनै आन्तरिक विवाद नभएको र एकअर्काको सहमतिमै हेरफेर गरिएको बताए  छन ।