काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् ।२२०६ मत गणना हुँदा देउवाले १०५१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका कोइरालाले ७९३ मत पाएका छन् ।
प्रकाशमान सिंहले २०५ मत ल्याउँदा विमलेन्द्र निधिले १७४ र कल्याण गुरुङले १०मत ल्याएका छन् ।
सोमबार राति सम्पन्न मतदानमा जम्मा ४६८९ मत खसेको थियो । सभापतिमा विजयी हुन कम्तीमा २३४० मत आवश्यक पर्ने छ ।


