डडेल्धुरा, असोज ३० (ई-रैवार)
डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ६२ नमुना परीक्षण गर्दा डडेल्धुराका ६ र दार्चुलाका ३ जनामा कोरोना पुष्टि भएको हो ।
डडेल्धुरा अस्पताल परिक्षण प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका ३ जना, जिल्ला प्रहरी कार्यालयमा कार्यरत २ जना, आलिताल गाउपाकिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै दार्चुलाको महाकाली नगरपालिका ३ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भूषालले जानकारी दिए ।



