प्रहरी हेडक्‍वार्टरमा थप २८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७२ पुग्यो

प्रहरी हेडक्‍वार्टरमा थप २८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७२ पुग्यो
Spread the love

 

काठमाडौँ, साउन १६ (ई-रैवार)

प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा बिहीबार साँझ १० र शुक्रबार बिहान थप १८ जना प्रहरीमा कोरोना पुष्टि भएको हो ।

प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतका अनुसार यो सँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या ७२ पुगेको छ । अहिलेसम्म देशभर २ सय ५० जना प्रहरीमा कोरोना पुष्टि भएको छ । शुक्रबार बिहानसम्म संक्रमण पुष्टि भएकामध्ये १ सय १ जना निको भइसकेको प्रहरी प्रवक्ता कडायतकाले बताए ।

संक्रमितलाई थप उपचारका लागि बलम्बुस्थित एपीएफ अस्पताल पठाइएको प्रवक्ता कडायतले जानकारी दिए । संक्रमितको संख्या बढ्दै गएपछि प्रधान कार्यालयभित्र बाहिरी मानिसको आउजाउमा कडा पारिएको छ । अत्यावश्यक काममा आउनेलाई आवश्यक सुरक्षा मापदण्ड अपनाएर प्रवेश दिइएको एसएसपी कडायतले बताए ।