कञ्चनपुर, साउन १५ (ई-रैवार)
निर्मला पन्त प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा खेपिरहेका तत्कालिन एसपी विष्टसहित आठै जना प्रहरीले सफाई पाएका छन् । पन्त प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा खेपिरहेका कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टसहित आठै जना प्रहरीले सफाई लाई जिल्ला अदालत कञ्चनपुरले सफाई फैसला सुनाएको हो ।
तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदविरुद्ध पक्राउ परेकालाई यातना र प्रमाण नष्ट गरेको भन्दै मुद्दा लागेको थियो ।

सोही मुद्दामा उनीहरु सबैले सफाइ पाएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार यदुराज शर्माले जानकारी दिएका छन् । उनीहरुविरुद्ध निर्मलाकै आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको आरोपमा उजुरी गरेकी थिइन् ।
यसअघि तत्कालीन एसपी डिल्लीराज विष्ट साढे १० लाख, डिएसपी अंगुर जिसी पनि ९ लाख, प्रहरी नायब उपरीक्षक ९डीएसपी० ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का ९ ९ लाख, प्रहरी निरीक्षक जगदीश भट्टलाई ४ लाख, सई हरिसिंह धामीलाई ३ लाख ५० हजार, अर्का सई रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटीमा रिहा भएका थिए ।


