काठमाडौं, असार २८ (ई–रैवार)
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलापछि विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्ने भएका छन् । सभापति देउवाले पार्टीका शीर्ष नेताहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका छन् ।
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले काँग्रेसका शीर्ष नेताहरु देउवा निवास पुगिसकेको बताएका छन् । पार्टीका नेताहरूसँगको आन्तरिक छलफलपछि देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग आजै छलफल गर्ने महामन्त्री खड्काले बताए ।
सर्वोच्च अदालतले दुई दिनभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेश दिएकाले नयाँ सरकार निर्माणका सन्दर्भमा विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्न लागिएको बुझिएको छ ।


