२४ घण्टामा थप १ सय ८६ जनामा कोरोना संक्रमणको पुष्टि, सुदूरपश्चिममा ४१ जना थप

२४ घण्टामा थप १ सय ८६ जनामा कोरोना संक्रमणको पुष्टि, सुदूरपश्चिममा ४१ जना थप
Spread the love

 

काठमाडौं , श्रावण ५ (ई-रैवार) 

पछिल्लो २४ घण्टामा १ सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिममा थप ४१ जना थपएिका छन ।
थप १ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको कुल संख्या १७ हजार ८ सय ४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये ११ हजार ८ सय ६८ जना निको भएर फर्किसकेकोले देशभर सक्रिय सङ्क्रमितको संख्या ५ हजार ९ सय ३६ मात्रै रहेको छ । २४ घण्टामा १ सय ७३ जना निको भएर डिस्चार्ज भएका छन ।

नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

सुदूरपश्चिममा थप ४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार ९५ पुग्यो

सुदूरपश्चिममा आज ४१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज डडेल्धुरा र धनगढीमा भएको परीक्षणमा ४१ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले डडेल्धुरामा भएको परीक्षणमा डोटीका ४० जनामा संक्रमण पुष्टि भएको बताए । डोटीको शिखर नगरपालिकाका क्वारेन्टाईनमा रहेका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा भने आज एक जनामा मात्रै कोरोना पुष्टि भएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ५ की १५ बर्षीया बालिकामा कोरोना पुष्टि भएको बताए।

आज ४१ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ४ हजार ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताए। संक्रमण पुष्टि भएका १ हजार ६ सय ७९ जना निको भएर घर फर्किएका छन भने ८ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका ९ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै अछाममा ६ सय ४५, डोटीका ६ सय २६, बाजुराका ६ सय १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कञ्चनपुरका ४ सय ६३, डडेल्धुराका २ सय ९७, बैतडीका २ सय ७६, बझाङका १ सय ७३ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको छ ।