काठमाडौं , श्रावण ५ (ई-रैवार)
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महतले विपदमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन । नेपाल पत्रकार महासंघले सोमबार आयोजना गरेको कोरोना भाइरस सम्बन्धि छलफल कार्यक्रममा नेता महतले सो कुरा बताएका हुन ।
उनले देशको दुर–दराजमा बसेका निमुखा जनताको पीरकर्मालाई सरकार र नीति निर्माण तहमा बसेकाहरु समक्ष पुर्याउन सञ्चार माध्यमले उल्लेख भूमिका खेलेको भन्दै प्रसंशा गरे । ‘जनताका समस्या गुनासा र समाजमा भएको भ्रष्टाचारलाई सार्वजनिक गरिदिनुभएको छ, त्यो तपाईको व्यक्तिगत विषय होइन,’ उनले भने – ‘सरकारलाई खबरदारी गरेर नागरिकको पक्षमा बोल्नु सञ्चार क्षेत्रको धर्म हो ।’
२०४६ सालपछि नेपालमा सरकारीसँगै नीजि क्षेत्रका सञ्चार माध्यमको पनि उदयभएको भन्दै नेता महतले अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार गम्भिर हुनुपर्नेमा जोड दिए । उनले केही पत्रकार जनता भन्दा पनि पार्टीको पक्षमा बोल्न गरेको टिप्पणी गरे । ‘सरकारको प्रसंशा गर्नका लागि मात्रै पत्रकारहरुको जन्म भएको होइन,’ उनले भने – ‘यो आम नागरिकको अधिकार सुरक्षित गर्न हो, निमुखा जनताको आवाज मुलधारमा ल्याउन हो, त्यसैले यसतर्फ पनि यहाँहरुको ध्यान जानुपर्छ ।’
व्यक्ति र समुदाय वा राज्यका तर्फबाट नागरिकमाथी भएको अन्यायविरद्ध कमल चलाउनुपर्नेमा उनले जाडेदिए । ‘सञ्चार क्षेत्र भनेको निकै शक्तिशाली क्षेत्र हो,’ उनले भने– ‘अन्यायमा परेकोहरुको पीडा कसले दिन्छ भन्दा सञ्चार माध्यमले दिन्छ अनि त्यो अभिव्यक्ति दिएपछि देश–विदेशमा पुग्छ, सरकारको कानमा पुग्छ र त्यसको सुनुवाइ हुन्छ ।’
नेपाली कांग्रेसका सहमहामन्त्री एवम् कोरोना अनुगमन समितिका संयोजक तथा डा. महतले पत्रकारलाई पेशाबाट बञ्चित गरिएकोप्रति नेपाली कांग्रेसको गम्भीर आपत्ति रहेको बताए । उनले पत्रकार जनताको पिर मर्का उजागर गर्न तथा सरकारको अनियमितता सार्वजनिक गर्ने कार्य सदैब लागिरहेको हुँदा पत्रकारको समस्या समग्र देशको समस्या रहेको बताए ।
पत्रकारको पेशागत सुनिश्चितताका लागि सरकार तथा सम्बन्धीत संचारगृहले गम्भीरतापूर्वक लिनपर्नेमा जोड दिए । साथै उनले पत्रकार महासंघको साथमा कांग्रेस सधै रहेको र रहिरहने विश्वास दिलाउदै अहिलेको अवस्थामा महासंघले गरिरहेको कामको उनले प्रशंसा गरे ।
नेपाल पत्रकार महासंघले कोरोना भाइरस ले नेपाली सञ्चार क्षेत्रमा पारेको असरबारे नेपाली कांग्रेसको कोरोना अनुगमन समितिसंग छलफल गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना भाइरसका कारण दुईहजार भन्दा पत्रकारले रोजगारी गुमाउनुपरेको तथा सातसय भन्दा बढि सञ्चारमाध्यम बन्द भएको बताएका छन । उनले कोरोना महामारीको कारण देखाउदै नाफामा रहेका सञ्चारगृहले समेत पत्रकारलाई रोजगारबाट बञ्चित गर्ने श्रम शोषण गरेको भन्दै त्यसका बिरुद्ध महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिए ।

महासंघका पूर्व सभापति हरिहर विरहीले लोकतन्त्रमा जननिर्वाचित सरकारको नेतृत्वबाट नै पत्रकारलाई निरुत्साहित गर्ने काम भएको भन्दै दुख व्यक्त गरे । उनले विस्थापित पत्रकार तथा सञ्चारगृहलाई संरक्षण गर्ने सरकारको कुनै चासो नदेखिएको बताएका छन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कोरोना अनुगमन समितिका सदस्य डा. चन्द्र भण्डारीले कोरोना विपदको यस घडिमा पत्रकारलाई संरक्षण गर्नुपर्नेमा रोजगारीबाटै निश्काशन गर्नु अत्यन्तै अमानविय घटना भएको बताए । उनले संचार जगतले प्रतिपक्षको भन्दा ठुलो भूमिका निर्वाह गरेको भन्दै यस क्षेत्रमा संकट आउनुले प्रजातन्त्रमै खतरा भएको बताएका छन ।
त्यसैगरी कांग्रेसका नेता एनपी साउदले अहिलेको परिस्थितीमा सबै बाँच्ने र सबैलाई बचाउने शैलीबाट काम गर्नुपर्नेमा जोड दिदै कांग्रेस सधै पत्रकारहरुको पक्षमा रहेको बताएका छन । साउदले कोरोना प्रभावित क्षेत्र तथा समुदायसंग साथ र सहयोगका लागि उक्त समितिको स्थापाना गरिएको बताएका छन ।
यस्तै अर्का सदस्य तथा नेपाली कांग्रेसका नेता योगेन्द्र चौधरीले यो अनुगमन समितिले कोरोनाबाट प्रभावित विभिन्न क्षेत्र तथा समुदायसंग छलफल गरिरहेको भन्दै पत्रकारको समस्याप्रति गम्भीर रहेको बताएका छन ।

त्यस्तै अर्की सदस्य तथा डा.माधवी भट्टले सरकारले आफुमाथि बिरोध बन्द गर्ने मनसायका कारण पत्रकारका समस्याप्रति सरकार मौन रहेको बताएका छन ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकारिता क्षेत्र बाहिरबाट हेर्दा आकर्षकको पेशा जस्तो देखिएको भएतापनि कोरोनाका कारण यो पोशामा गम्भीर संकट देखिएको बताएका छन । उनले केही संचारगृहले पत्रकारलाई पेशाबाट बञ्चिर गरेको भन्दै पत्रकारको रोजिरोटिका लागि आन्दोलन गर्न बाध्य भएको बताएका छन । उनले कोरोना भाइरस महामारीका अवस्थामा राज्यले पत्रकार तथा संचार क्षेत्रका संरक्षणका लागि कुनै पहल नगरेको भन्दै दुख व्यक्त गरे ।
नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देलले पत्रकारका कारण संचार संचालकहरु विगता ठुलो धन राशि जोड्न सफल भएको भन्दै कोरोनाको बाहानामा पत्रकारलाई पेशाबाट निश्काशन गर्नु अत्यन्तै दुखत रहेको बताएका छन । उनले पत्रकारका समस्याप्रति सरकारले गम्भीर चासो दिई साचारमाध्यमलाई व्यवस्थित गर्ने उपयुक्त समय रहेको बताएका छन ।
नेपाल पत्रकार महासंघ, उपत्यका समितिका महासचिव श्रीजन झाले कोरोना भाइरसको महामारीका कारण पत्रकारहरु चौतफी मारमा परेको बताउदै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताएका छन ।
फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीले कोरोनाको बाहानामा विभिन्न संचारगृहबाट दश जना भन्दा बढि पत्रकारलाई जागिरबाट निश्काशन गरिएको बताएका छन । पत्रकारको हितमा लड्दा आफुलाई समेत उपत्यका बाहिर सरुवा गरिएको बताए । कार्यक्रमको सहजीकरण महासंघका सचिव प्रकाश थापाले गरेका थिए ।


