सुदूरपश्चिम प्रदेशमा थप सात जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप सात जनामा कोरोना पुष्टि
Spread the love

धनगढी,  असार ३० (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा आज थप सात जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा सात जनामा कोरोना पुष्टि भएको हो।

सुदूरपश्चिम प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको टीकापुर नगरपालिका वडा नम्वर ५ का ७४ बर्षीय पुरुष, गौरीगंगा नगरपालिका वडा नम्वर ४ का ४० बर्षीया महिला, लम्की चुहा नगरपालिका वडा नम्वर ५ का ४० बर्षीया महिलामा कोरोना पुष्टि भएको छ।

उनले शुक्लाफाँटा नगरपालिका वडा नम्वर ४ कञ्चनपुरका २२ बर्षीय युवक र अछामको साँफेवगर नगरपालिका वडा नम्वर ११ का २३ बर्षीय महिलामा कोरोना पुष्टि भएको जानकारी दिए। उनका अनुसार सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८० जनाको कोरोना परीक्षण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या यो संगै तीन हजार नौँ सय ४३ पुगेको छ। संक्रमण पुष्टि भएका एक हजार पाँच सय १३ जना डिस्चार्ज भईसकेका छन भने अहिले सम्म ८ जनाको मृत्यु भईसकेको छ।