सुर्खेत, असार ३० (ई-रैवार)
कर्णाली प्रदेश सभाका एक सांसदलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा प्रदेश सभाका ती सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाहीले सभाका एकजना सांसदमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन ।
कोरोना संक्रमण देखिएपछि ती सांसद अहिले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सेल्फ आइसोलेसनमा बसेका छन । उनको स्वास्थ्य अवस्था सामान्य छ । सांसदमा कोरोना संक्रमण देखिएपछि ‘कन्ट्याक ट्रेसिङ’ को काम अघि बढाइएको छ ।


