झडपमा बालकको मृत्यु, चार जना पक्राउ

झडपमा बालकको मृत्यु, चार जना पक्राउ
Spread the love

डडेल्धुरा, असार २७ (ई-रैवार)

खानेपानीको विषयमा दुई गाउँले बीच झडप हुदा एक बालकको ज्यान गएको छ । डडेल्धुराको आलिताल गाउँपालिका– ६ मा खानेपानीको विषयमा दुई गाउँका बासिन्दाबीच झडप हुदा एक बालकको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार मृत्यु हुनेमा आलिताल गाउँपालिका– ६ भौना गाउँका गणेश महरका ८ वर्षीय छोरा शिद्धार्थ भनीने हिमान्सु महराको मृत्यु भएको छ ।

दुई पक्षबीच हिजो साँझ भएको झडपमा घाईते भएका महरका छोरालाई उपचारका लागि धनगढी लगिएको थियो । उनको उपचारका क्रममा आज बिहान धनगढीस्थित सारथी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले घट्नामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको र घट्नाका बारेमा थप अनुसन्धान भईरहेको बताए ।