आईपीएल : हैदराबादको पहिलो जित

आईपीएल : हैदराबादको पहिलो जित
Spread the love

नयाँ दिल्ली, वैशाख ८ (ई-रैवार)

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा हैदराबादले पन्जाब किङ्सलाई ९ विकेटले हराएको हो ।

एमए चिदमवर्मा क्रिकेट स्टेडियममा पन्जाबले दिएको १२१ रनको सामान्य लक्ष्य हैदराबादले १८ ओभर ४ बलमा १ विकेट गुमाउँदै १२१ रन बनायो । हैदराबादका लागि जोनी बेरेस्टोले ६३ रनको अर्धशतकीय पारी खेले । ५६ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै डेभिड वार्नरले ३७ रन बनाउँदा केन विलियमसनले १६ रनको योगदान गरे ।

बलिङतर्फ पन्जाबलका लागि फाबियन एलेनले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाब किङ्सले १९ ओभर ४ बलमा अल आउट हुँदै १२० रन बनाएकाे थियाे । पन्जाबका लागि मयंक अग्रवाल र साहारुख खानले समान २२–२२ रन जोडे । त्यस्तै क्रिस गेलले १५ रन बनाउँदा मोहिस हेनरिक्यु १४ तथा दीपक हुड्डाले १३ रन बनाए ।

बलिङतर्फ हैदरावादका लागि कहलेल अहमेदले ३ विकेट लिए । त्यस्तै अभिषेक शर्माले दुई विकेट लिँदा भुवनेश्वर कुमार, शिदार्थ कउल र राशिद खानले समान १–१ विकेट लिए ।

जितसँगै हैदराबादले ४ खेलबाट २ अंक जोडेको छ । हैदराबाद तालिकाको पाँचौं स्थानमा छ । पराजित पन्जाबल २ अंकसहित तालिकाको पुछारमा छ ।