काठमाडौं : देशभर आज थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३,६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उपत्यकाबाहेक सबैभन्दा धेरै चितवनमा ७९०, कास्कीमा ३४३, झापामा २०५ र सुनसरीमा १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै रुपन्देहीमा १७१, मोरङमा १४६, नवलपरासी पूर्वमा १३७, मकवानपुरमा १२१ र काभ्रेपलाञ्चोकमा १०२ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै तनहुँमा ८७, बागलुङ र दाङमा ७३र७३ जना, नुवाकोटमा ७०, कञ्चनपुरमा ५५, धनुषामा ५४, बाँकेमा ४६, सिरहामा ३८, पर्सामा ३७, बारामा ३६, गोरखामा ३५, बैतडीमा ३२, सिन्धुलीमा २९, सिन्धुपाल्चोकमा २८,पाल्पामा २७, धादिङमा २५, लमजुङमा २४, दोलखामा २३, महोत्तरी, सर्लाही र डडेल्धुरामा २२र२२ जना तथा सप्तरीमा २० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ३३ हजार ६२६ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् । जसमध्ये ८० हजार ७७९जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७७१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २३८ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका १२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३८४ जना कोरोना संक्रमित थपिएका छन् ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६५९ पुगेको छ ।


