प्रधानमन्त्री देउवाले बोलाए काँग्रेस संसदीय दलको बैठक

Spread the love

काठमाडौँ,साउन २ (ई–रैवार)

सत्तारूढ नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ। काँग्रेसले आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा संसदीय दलको बैठक बोलाएको हो ।

काँग्रेस सचेतक पुष्पा भुसालले भोलि अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भ छलफल गर्न संसदीय दलको बैठक बोलाइएको जानकारी दिइन् ।

काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक काँग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो। सचेतक भुसालका अनुसार बैठकमा विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोट लगायतका विषयमा पनि छलफल हुनेछ ।