प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद्काे बैठक आह्वान

Spread the love

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार दिउँसो ३ बजे बालुवाटारमा बस्नेगरी बैठक आह्वान गरेको हुन ।

प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा भएकाले बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बसेको थिएन । तर बिहीबार नै प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार बैठक बोलाइएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

बैठकमा विभिन्न राजनीतिक विषयमा छलफल हुने मन्त्री श्रेष्ठले बताए । बैठकमा नजिकिँदै गरेको राष्ट्रिय सभा निर्वाचन, राजदूत नियुक्तिसँगै अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।