नेपालमा आज ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

नेपालमा आज ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु
Spread the love

काठमाडौं, वैशाख २० (ई-रैवार)

नेपालमा आज थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा ७ हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जनागरी ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं २ हजार ९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै रुपन्देहीमा ६१९, बाँकेमा ४४०, मोरङमा ३६२, कास्कीमा ३५५, चितवनमा १७५ , कैलालीमा १२७, काभ्रेपलाञ्चोकमा ११९, कपिलवस्तुमा ११५, सुनसरीमा ११२ र दाङमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनकुटा र पर्सामा ९७/९७ जना, पाल्पामा ९३, कञ्‍चनपुरमा ६०, झापामा ४८, मकवानपुर र बर्दियामा ४४/४४ जना, नवलपरासी पश्‍चिममा ४२, नुवाकोटमा ३९, सिन्धुपाल्चोकमा ३२, गोरखा र सल्यानमा ३१/३१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै महोत्तरीमा ३०, बैतडीमा २८, सिरहामा २७, डडेल्धुरामा २६, धादिङमा २५, म्‍याग्दी, नवलपरासी पूर्व र अर्घाखाँचीमा २४/२४ जना, सप्तरीमा २१, सर्लाही र लम्जुङमा २०/२० जना, गुल्मीमा १९, बारा र तनहुँमा १८/१८ जना, रौतहटमा १७, सिन्धुलीमा १६, जुम्लामा १५,पर्वतमा १४, उदयपुर र सल्यानमा १२/१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै संखुवासभामा १३, धनकुटा, रामेछाप र रोल्पामा १०/१० जना, प्युठानमा ८, बागलुङमा ९, खोटाङ र अछाममा ६/६ जना, तेह्रथुम र दैलेखमा ५/५ जना, इलाम, ताप्लेजुङ, भोजपुर र रसुवामा ४/४ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी पाँचथर, सुर्खेत र दार्चुलामा ३/३ जना, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, मुस्ताङ, रूकुम पूर्व, कालीकोट, मुगु, हुम्ला र डोटीमा २/२ जना र रूकुम पश्चिम, बझाङ र बाजुरामा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ वर्ष मुनिका १५६ बालबालिका र १० देखि १९ वर्ष मुनिका ४२९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ। जसमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ५० हजार १७२ जना होम आइसोलेसनमा र तीन हजार ८६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । उपचाररत संक्रमितमध्ये ५७८ जना आईसीयूमा र १४२ जना भेन्टिलेटरमा रहेका छन् ।

काठमाडौं उपत्यकामा १ हजार  १८१ जना अस्पतालमा उपचाररत छन् । जसमध्ये १७१ जना आईसीयूमा र ५६ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार २१ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या २ लाख ८६ हजार १५ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ।