कांग्रेसले राष्ट्रिय सभा सदस्यका लागि लगायो उमेदवारको टुंगो, कुन प्रदेशमा को ?

Spread the love

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यका लागि उमेदवारको टुंगो लगाएको छ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले उमेदवारहरूको नाम टुंग्याएको हो ।

कांग्रेसले प्रदेश नम्बर–१ मा गोपालकुमार बस्नेतलाई उमेदवार बनाउने निर्णय गरेको छ भने वाग्मती प्रदेशमा कृष्णप्रसाद पौडेललाई उमेदवार बनाउने निर्णएय गरेको छ ।

गण्डकी प्रदेशमा कांग्रेसको सहमहामन्त्रीमा चुनाव हारेकी कमला पन्तलाई उमेदवार बनाएको कांग्रेसले कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङलाई उमेदवार बनाएको छ । लुम्बिनी प्रदेशमा युवराज शर्मामालाई उमेदवार तोकेको कांग्रेसले सुदूरपश्चिममा नारायण मिश्रलाई उमेदवार मनोनयन गर्ने निर्णय गरेको छ ।

उम्मेदवारमध्ये पन्त पार्टीको हालै भएको महाधिवेशनमा सहमहामन्त्री पराजित भएकी थिइन् । यस्तै मिश्र सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित भएका थिए भने बस्नेतलाई तत्कालीन समयमा राष्ट्रपतिले मनोनयन गर्ने सिटमा सिफारिस भएर पनि राष्ट्रिय सभा सदस्य बन्न पाएका थिएनन् । अहिले फेरि देउवाले उनलाई नै उम्मेदवारको रुपमा अघि सारेका हुन् ।

कांग्रेसले गठबन्धनको बाँडफाँडमा उमेदवारीको भागबण्डा तय भएको भन्दै गठबन्धनका उमेदवारलाई मतदान गर्न आह्वानसमेत गरेको छ ।