नेकपा एकीकृत समाजवादीले छान्यो ५ उम्मेदवार

Spread the love

काठमाडौं : नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाका लागि उम्मेदवारको नाम टुङ्गो लगाएको छ । सोमबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले ५ जना उम्मेदवारको नाम टुङ्गो लगाएको हो । 

एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका नेता जगन्नाथ खतिवडाका अनुसार अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमिल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहरा, र सुदूरपश्चिमबाट मदनकुमारी साह (गरिमा) लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आगामी माघ १२ गते हुने निर्वाचनमा गठबन्धनका तर्फबाट १९ मध्ये ५ सिट नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो ।