कांग्रेस सदूरपश्चिम अधिवेशनः प्रदेश सदस्य पदमा कोको जिते ?

Spread the love

धनगढीः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको आईतबार सम्पन्न निर्वाचनको सबै पदहरुको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । पदाधिकारीहरुको अन्तिम परिणाम सोमबार दिउँसो नै सार्वजनिक भईसक्दा बाँकी रहेको सदस्य पदको मतगणना अबेर राती सकिएको छ ।
सार्वजनिक भएअनुसार भुगोल जिल्ला कोटामा अछामबाट खुलामा तुलाराम साउँद र महिलामा अनुराधा कुमारी स्वाँर बिजयी भएका छन् । यस्तै डोटीबाट सोही कोटाको खुलामा तेजबहादुर लुहार बिजयी हुँदा महिलामा प्रेमा श्रेष्ठले जित हात पारेकी छन् । कैलालीबाट खुलामा गजराज पाण्डेय र महिलामा पुष्प भट्ट विजयी भईन् । कञ्चनपुरबाट खुलामा गौरीसिँह बोहरा र महिलामा कलावतीदेबी बोहरा, दार्चुलाबाट खुलामा राजेन्द्रसिँह विष्ट र महिलामा कमला धामी सामन्त, बझाङबाट खुलामा राजेन्द्रबहादुर खड्का र महिलामा सुनिता थापा, बैतडीबाट खुलामा तेजबहादुर चन्द र महिलामा कमला चन्द, बाजुराबाट खुलामा धनराज पण्डित र महिलामा राधिकादेवी सिँह र डडेल्धुराबाट खुलामा तिलकराज जोशी र महिलामा निर्मला बोगटी बिष्ट निर्वाचित भएका छन् ।
यस्तै निर्वाचन क्षेत्र कोटामा खुलामा उत्तम बहादुर कठायत, टेकराज जोशी(डिके), गणेश बिष्ट, पुष्करबहादुर सिँह, पदमबहादुर शाही, धनबहादुर शाही(धिरेन्द्र) र टेकराज जोशी निर्वाचित भएका छन् ।
यस्तै निर्वाचन क्षेत्र कोटामा महिलातर्फ चमेली तामाङ र लक्ष्मी भण्डारी भने निर्विरोध निर्वाचित भएकी छन्् ।
यस्तै खसआर्य तर्फ खुल्ला कोटामा सुरतबहादुर रावत(डोटेलीकान्छा), रामबहादुुर देउवा, काशिराम देवकोटा, भक्त बहादुर ठकुल्ला, कृष्ण प्रसाद पाठक र करवीरसिँह कार्की निर्वाचित भए ।
यस्तै खसआर्य तर्फ महिलामा कान्ता चन्द शाही, दीपादेवी ऐर, केशरी विष्ट, नीलम लेखक जोशी र टिकेश्वरी हमाल विष्टले चुनाव जितेकी छन् ।
यस्तै आदिबासी जनजातीतर्फ दाउत तामाङ निर्वाचित हुँदा अल्पसंख्यक अपाङ्गतर्फ उपेन्द्रबहादुर खडायत निर्वाचित भए ।
यस्तै दलित खुलातर्फ चन्द्रे टमटा र राजेश कुमार टमट्टा निर्वाचित भएभने दलित महिलातर्फ रुपा आउजी निर्वाचित भईन् ।
थारु खुलातर्फ झेलीराम थारु र रामसमझ चौधरी, थारु महिलातर्फ भुलिया राना, मुस्लीमतर्फ डा. मेराज आलम अन्सारी र मधेषी तर्फ वेद प्रसाद चौधरी निर्वाचित भएका छन् ।
निर्वाचनबाट कुल आठ पदाधिकारी सहित ५८ सदस्यीय प्रदेश समिति चयन भएको छ ।