काठमाडौंः नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन्। उनी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधर मानिन्छन् । उनलाई शेरबहादुर देउवा(संस्थापन) पक्षले पनि समर्थन गरेका थिए। सभापतिमा निर्वाचित थापाले ८४४ मत ल्याएका छन् भने, पौडेल पक्षका नेता केन्द्रीय सदस्य गुरूराज घिमिरे घिमिरले ८४२ मत ल्याएका छन् । अधिकांश पदमा संस्थापन-सिटौला पक्षले जितेको छ। उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई निर्वाचित भएका छन्।
महामन्त्रीमा भूपेन्द्र राई र उमेश थापा निर्वाचित भए। थापा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मानिन्छन्।
सहमहामन्त्रीमा प्रमिला गच्छदार, खङ्ग फागो र बिनोदकुमार बस्नेत निर्वाचित भएका छन्। यहाँ जम्मा एक हजार ७ सय ५२ मत खसेको थियो।
यसैबीच सभापतिका उम्मेदवार घिमिरे पक्षले फेरि मतगणनाको माग गरेका छन्। पुनस् मतगणना माग भएकोले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन।


