चितुवाको आक्रमणबाट एक जना घाइते

Spread the love


बैतडी,असार २५ (ई-रैवार) 
बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन ।  जिल्लाको पुर्चौंडी नगरपालिका –९ तल्लादेही पुजरीगाउँका ४२ वर्षीया करबीर पुजारा चितुवाको आक्रमणबाट घाइते भएका हुन ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहिबार साँझ ५ बजेतिर वडा कार्यालयबाट घर फर्कने क्रममा चमेडिया भन्ने ठाउँमा पुजारामाथि चितुवाले आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरेलगत्तै चिच्याएका पुजारालाई रोपाँई गरिरहेका किसानहरुले सुनेपछि चितुवालाई भगाएका थिए।

घाइते पुजारालाई उपचारका लागि डडेल्धुरा लैजाने तयारी भएको पुर्चौंडी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रम्बा बोहराले बताए ।