युवा नेता शाहीले दिए डोटीका बाढी-पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई राहत रकम

Spread the love

डोटी कार्तिक २९(ई-रैवार)
मंसिरको पहिलो साताको बाढीपहिरोबाट डोटीमा ज्यान गुमाएकाहरुका परिवारलार्इ राहत रकम हस्तान्तरण गरिएको छ ।
नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष पुष्पविक्रम शाहीले जोरायल गाउँपालिकामा ज्यान गुमाएका सातजनाका परिवारलाइ आइतबार जनही १० हजारका दरले ७० हजार रकम हस्तान्तरण गरेका छन् ।
मृतकहरु शेर बहादुर कामी, मोहन कामी, पुष्कर कामी र पबित्रा कामीका आफन्त हेम कामीलाई ४० हजार,
मृतक रबिन कामीका आफन्त अम्मरे कामीलाई १० हजार र मृतक जोगी सार्की र झुप्री सार्कीका आफन्त पुर्णे सार्कीलाई २० हजार रकम हस्तान्तरण गरिएको नेता शाहीले बताए ।
डोटी जिल्लामा बाढी(पहिरोबाट १६ जनाले ज्यान गुमाएका थिए । बाँकी मृतकका परिवारलाइ लगत्तै राहत रकम उपलब्ध गराइने युवा नेता शाहीले जानकारी दिए ।