प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

Spread the love

काठमाडौं, कार्तिक ११ (ई-रैबार) 

प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको हो ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको जानकारी अनुसार आज प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्ने एक मात्र कार्यसूची रहेको छ ।

यसअघि मंगलबारका लागि बोलाइएको बैठक एमालेको अधिवेशनका कारण आजका लागि सारिएको थियो ।

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जनाउँदै आएको छ । सभामुख अग्नि सापकोटाले एमाले फुटाउन सहयोगी भूमिका खेलेको आरोप एमालेले लगाउँदै आएको छ ।