जनशक्ति अभावमा सुदूरपश्चिम प्रदेशको पहिलो पिसिआर मेसिन बन्द

जनशक्ति अभावमा सुदूरपश्चिम प्रदेशको पहिलो पिसिआर मेसिन बन्द
Spread the love

 

धनगढी, ७ भदौ (ई-रैवार)

कोरोना परीक्षणका लागी सञ्चालनमा रहेको सुदूरपश्चिम प्रदेशको पहिलो पिसीआर मेसिन जनशक्ति अभावमा थन्किएको छ। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना परीक्षणका लागी सञ्चालनमा रहेको सबैभन्दा पहिला संभालनमा आएको पिसीआर मेसिन जनशक्ति अभावमा थन्किएको हो ।

कोरोना महामारी फैलिँदै गएको भन्दै यसअघि साउन अन्तिम साता धनगढीमा थप पिसीआर मेसिन जडान गरिएको थियो । तर जनशक्ति अभाव भएको भन्दै पुरानो मेसिन थन्काइँदा कैलाली, कञ्चनपुरमा सङ्कलित स्वाब पहाडी जिल्ला पठाउनु पर्ने बाध्यता आएको अस्पतालले जनाएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकाले पछिल्लो ४ दिनमा ४ सय ३४ जनाको स्वाब सङ्कलन ग¥यो। सङ्कलित स्वाब परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा अस्पताल पठाइएको छ । तर कर्मचारी अभाव भन्दै सेतीले ती मध्ये २ सय ८५ जनाको स्वाब डडेल्धुरा अस्पताल पठाएको घोडाघोडी स्वास्थ्य सहायक मीन बहादुर धामीले बताए ।

पहाडी ४ जिल्लाका स्वाब परीक्षणमै समय लागिरहँदा कैलालीबाट पनि स्वाब डडेल्धुरा जान थालेपछि डडेल्धुरा अस्पतालमा पनि स्वाब थन्किन थालेका छन् । अहिले कैलालीबाट मात्रै होइन कञ्चनपुरबाट पनि स्वाब डडेल्धुरा पुग्न थालेको डडेल्धुरा अस्पताल जनाउको छ ।

कैलाली र कञ्चनपुर जिल्लाबाट पछिल्लो १ सातामा २ हजार बढी स्वाब डडेल्धुरा पुगेको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रशाद भुसालले बताए । स्वाब धेरै भएपछि परीक्षण गर्न समस्या भइरहेको छ ।

‘भारतबाट स्वदेश भित्रिने क्रम पनि रोकिएको छैन’ उनले भने–‘कैलाली, कञ्चनपुरबाट पठाइएको २ हजार नमुना परीक्षण गर्न बाँकी नै छ।’ उपकरण र जनशक्ती अभाव भन्दै कैलालीमा सङ्कलित स्वाब यस अघि काठमाडौँ पठाइन्थ्यो। अहिले धनगढीमा २ उपकरण छन् फेरि जनशक्ति अभाव भन्दै डडेल्धुरामा पठाइन थालिएको छ। अहिले प्रयोगशालामा १० जना मात्रै जनशक्ति छन् । उनीहरूलाई २ मेसिन सञ्चालन गर्न समस्या हुन थालेपछि पुरानो मेसिन बन्द गरिएको हो ।

सूचना अधिकारी दिलीप कुमारले श्रेष्ठले जनशक्ति व्यवस्थापनका लागी प्रदेश सरकार सँग आग्रह गरिएको बताए । ‘साता दिनमै कर्मचारी व्यवस्थापन गर्ने गरी प्रक्रिया थालेका छौ।’ उनले भने ।

साउन २७ गते मुख्यमन्त्री त्रिलोचना त्रिलोचन भट्टले १ हजार जना सम्मको स्वाब परीक्षण गर्न सक्ने नयाँ मेसिनको उद्घाटन गरेका थिए। नयाँ मेसिन उद्घाटनको भोलिपल्टै २ सय ७० जनाको परीक्षण गर्न सकिने पुरानो मेसिन बन्द गरियो ।

‘जनशक्ति व्यवस्थापनका लागी भन्दै सेती प्रादेशिक अस्पतालले ९० लाख माग गरेको छ।’ सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महासाँँखा प्रमुख नरेन्द्र सिंह कार्कीले भने।’ जसका लागी छिट्टै निकासा गरिने उनले बताए। उनले भने,–‘थप जनशक्ति परिचालन भएपछि पुरानो मेसिन पनि सञ्चालनमा ल्याइने छ र हामी प्रकृयामा छौ।’