धनगढी, कार्तिक ६ (ई-रैवार)
धनगढीमा शुक्रबार बिहान पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अर्ली निर्वाचनबारे गठबन्धन सरकारले जे भन्छ त्यही हुने बताएको भोलिपल्ट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली निर्वाचन सम्भव नभएको बताएका छन्।
शनिबार सुदूरपश्चिमको बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि धनगढी पुगेका वरिष्ठ नेता पौडेलले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।
‘अहिले अर्ली निर्वाचनाम जाने कुरा विरोधाभास र असम्भव छ,’ उनले भने,‘हामै्र पार्टी सभापतिको नेतृत्वमा अदालत गएर अदालतको आदेशमा संसद पुनस्र्थापना भएर सरकार बनेको छ, अझ समय नपुग्दै संसद विघटन गरी चुनावमा जानु राम्रो हैन।’ संसदको पूर्णकालका लागि आफूहरु लडेकाले अर्ली निर्वाचनको कुरा सम्भव नभएको र यो संसदले ५ वर्षे कार्यकाल पूरा गर्ने उनले बताए।
पार्टीको महाअधिवेशनका बारेमा बोल्दै नेता पौडेलले कांग्रेसको महाअधिवेशन तोकिएकै समयमा हुने र आफू त्यसकै पक्षमा रहेकाले पार्टी सभापतिलाई सचेत गराइरहेको बताए। ‘केही जिल्लाको क्रियाशील सदस्यता विवाद अझै टुंगिएको छैन,’ उनले भने,‘चाँडो टुुगाएर प्रकृया अगाडि बढाउनु पर्छ।’ डडेल्धुरामा जिल्ला सभापतिले नै बहिष्कार गरेको अस्थामा एकलौटी हिसाबले वडा र पालिकाको अधिवेशन गराएको बताउँदै नेता पौडेलले भने,‘पार्टी सभापतिकै जिल्ला डडेल्धुरामा सदस्यता विवाद छ, त्यहाँ पुनः अधिवेशन गराउनु पर्छ।’
सुदूरपश्चिममा बाढी र पहिरोका कारण भएको धनजनको क्षति बुझ्न र पीडितलाई साथ दिन आफू सुदूरपश्चिम आएको नेता पौडेलले बताए। ‘म यहाँका प्रभावित क्षेत्रमा गएर पीडितलाई साथ दिनेछु,’ उनले भने,‘सरकारलाई राहतका लागि पनि दबाब दिनेछु।’ विमानस्थलबाट उनी शनिबार बिहानै कञ्चनपुरका बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गएका हुन्। नागरिकबाट


