धनगढी, कार्तिक ६ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा शनिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६४ जनाको नमूना परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार हाल सेती प्रादेशिक अस्पतालमा ११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ६ जनाको आइसियुमा उपचार भईरहेको छ भने २ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जनाकारी दिएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामामा एक जना कोरोना संक्रमितको मृत्यु भएको असुचना अधिकारी श्रेष्ठले जनाकारी दिए । उनका अनुसार मृत्यु हुनेमा कञ्चनपुरको वेदकोट नगरपालिका ५ का ३५ बर्षीय महिला रहेका छन् ।


