धनगढी, कार्तिक ६ (ई-रैवार)
सुदूरपश्चिम प्रदेश सरकारले आज देखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बितरण गर्ने भएको छ । हेलिकोप्टरबाट शनिबार सुदूरपश्चिम प्रदेशका सातै जिल्लामा राहत सामग्री लिएर जाने सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताएकी हुन।
सुदूरपश्चिम प्रदेशका प्रभाबित सातै जिल्लाबाट क्षतिको विवरण संकलन गरिसकेको बताउँदै आन्तरिक मामिला तथा कानुन मन्त्री जोशीले आज राहत लिएर जाने बताएकी हुन्।
मन्त्री जोशीले एकद्वार प्रणालीबाट राहत वितरणका लागि प्रदेशमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधीहरुसँग छलफल गरिसकेकी छिन् ।‘अब सरकारसँग सहकार्य गरेर मात्रै राहत उपलब्ध गराउनुपर्छ। जुन संस्थाले हामीलाई राहत सामग्री उपलब्ध गराउनुभएको छ हामी प्रष्ट जनतालाई भनिदिन्छौँ’ उनले भनिन्।
आ-आफ्नो तरिकाले राहत बाँड्दा कसैले पटक-पटक पाउने र कसैले एक पटकपनि नपाउने समस्या निम्तिरहेको भन्दै मन्त्री जोशीले सरकारसंग सहकार्य गरेर मात्रै राहत वितरण गर्नुपर्नेमा जोड दिइन् ।
गत आईतबारदेखि आएको बाढी पहिरोमा परि सुदूरपश्चिम प्रदेशमा ४३ जनाको ज्यान गएको छ , भने २२ जना वेपत्ता रहेका छन् । यस्तै १७ जना घाईते भएका छन् । भने कर्यौ घर परिवार विस्तापित भएका छन् ।


