एकाबिहानै गोरखा केन्द्र भएर ४.३ म्याग्निच्युडको भूकम्प

Spread the love

गोरखा, असोज ३१ (ई-रैवार)

गोरखा केन्द्र भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको आरूघाट गाउँपालिकाको मान्बु केन्द्र भएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ४ बजेर ९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ। गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो।

२०७२ वैशाख १२ मा गोरखाकै बारपाक केन्द्र रहेर भूकम्प गएको थियो।