सुदूरपश्चिम प्रदेशमा थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

धनगढी, कार्तिक २१ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा रहेका ५ वटा प्रयोगशालामा ४ सय ७८ जनाको कोरोना परिक्षण गरिएकोमा १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशीक अस्पतालमा शुक्रबार थप ९२ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।  २४ घण्टामा ३२३ जनाको कोरोना परिक्षण गरिएकोमा थप ९२ जनामा संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठ जानकारी दिए ।

प्रादेशीक अस्पतालमा गरिएको परिक्षणमा

संक्रमण पुष्टी हुनेमा ३० महिला ६२ पुरुष रहेको सूचना अधिकारी श्रेष्ठ जानकारी दिए ।  संक्रमण पुष्टी हुनेमा  धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का ८ जना, वडा नम्बर २ का ९ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ६ जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर ६ र १२का २/२ जना, वडा नम्बर ८,९ र १० का १/१ जना र धनगढीको स्थानीय तहनखुलेका २ जनामा संक्रमण पुष्टी भएको छ ।

त्यस्सै गरि कैलालीको जानकी गाउपालीकाका १९ जना, टिकापुरका ९ जना, जोशीपुर र चुरेका २/२ जना र कैलालीको स्थानीय तह नखुलेका १ जनामा पनि संक्रमण पुष्टी भएको छ ।

त्यसै गरि कञ्चनपुरको बेदकोटका ९जना, पुर्नवास, बेलडाडी  भिमदत्तका र कृष्णपुरका १/१ जना र बेलौरीका २ जनामा पनि संक्रमण पुष्टी भएको छ ।

दिपायल र अछामका १/१ र सुर्खेतका १ जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा ४४ जनाको स्वाव परिक्षण गरिएकोमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा डडेल्धुरको अमरगढीन गरपालिकामा ४ जना, र पाटन नगरपालिकामा १ जना रहेको कोभिड सम्पर्क व्यक्ति हरीप्रशाद भटटले बताए ।

उता, डोटी अस्पतालको प्रयोगशालामा ४ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पतालको प्रयोगशालामा ७३ जनाको स्वाव परिक्षण गरिएकोमा ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीका अनुसार दिपायल सिलगढी नगरपालिका ६ का २६ र २७ वर्षका २ जना प्रहरी जवान, के.आई.सिंह गाँउपालिका–१ का ३३ वर्षका १ जना पुरुष र ६ का २९ वर्षका १ जान पुरुषमा कोरोना देखिएको हो ।

उता, अछामको प्रयोगशालामा थप २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । कमलबजारमा स्थापना गरिएको प्रयोगशालामा ९ जनामा कोरोना परीक्षण गर्दा शुक्रवार २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । प्रयोगशाला सुचना अधिकारी टेक बहादुर बिष्टका अनुसार जिल्ला अस्पताल मंगलसेन बाट स्वाव संकलन गरिएका डडेल्धुराको अमरगढी नगरपालीका–६ २८ बर्षका पुरुष र अछामको साफेबगर नगरपालिका ७ का २९ बर्षका पुरुषमा सङक्रमण पुष्टी भएको हो ।

उता, बझाङ अस्पतालको प्रयोगशालामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २९ जनाको स्वाव परिक्षण गरिएकोमा ४ जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल बझाङका प्रयोगशाला इन्चार्ज नरेश खड्काले जानकारी दिए । कोरोना पुष्टि हुनेमा जयपेथ्वि नगरपालिकाका १ जना, मष्टा गाउँपालिकामा १ जना र जिल्ला प्रहरी कार्यालयका २ जना प्रहरीमा कोरोना पुष्टि भएको उनले बताए ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार ८ सय ८१ पुगेको छ ।