काठमाडौँ, साउन २० (ई-रैवार)
भारतमा पछिल्लो २४ घण्टामा थप ४२ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४२ हजार ५६६ जनामा संक्रमण भएको हो ।
पछिल्लो कोरोना संक्रमण पुष्टि सँगै भारतमा संक्रमितको संख्या ३ करोड १७ लाख ६७ हजार ९६५ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १६ हजार ८२८ जना संक्रीय संक्रमित छन् ।
यस्तै त्यहाँ एकैदिन ५६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २५ हजार ७८९ पुगेको छ ।


