सरकारका न्युनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन सत्तारूढ कार्यदल बैठक बस्दै

Spread the love

काठमाडौँ, साउन २० (ई-रैवार) 

सरकारको न्युनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन सत्तारूढ कार्यदलको बैठक आज पनि बस्ने भएको छ। सत्तारुढ गठबन्धन कार्यदलको बैठकले गठबन्धनका तर्फबाट सरकारका न्युनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन बैठक लागेको हो ।

गठबन्धन कार्यदलको बैठक मंगलबार बिहान र बेलुकी दुईपटक बालुवाटारमा बसेको थियो। सरकारका न्युनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन लागेको छ।

मन्त्रिपरिषदलाई पूर्णता, मन्त्री छनोट गर्ने मापदण्ड, संवैधानिक तथा राजनीतिक नियुक्ति सम्बन्धी कार्यविधि, आचरण र नीतिसहित प्रतिवेदन तयार पार्न कार्यदल बैठक क्रियाशील रहेको छ।

त्यसका लागि बुधबार बिहान पनि कार्यदल बैठक बालुवाटारमा बस्दैछ। आजको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने कार्यदलका सदस्य सचिव केशवराज जोशीले बताए।

गठबन्धनले सरकार सञ्चालनमा सघाउन कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कांग्रेस नेता मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल बनाउँदै न्युनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन लागेको छ।

साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै  मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्।