मुम्बई, साउन २० (ई-रैवार)
कपितपय देशका सेलिब्रेटीहरूको अनौठो हर्कतले कहिलेकाही राम्रै चर्चा पाउने गर्छ । कतिपय सेलिब्रेटीले बोलेको कुरा, कतिपयले लगाएको पहिरनका कुरा निकै चर्चामा आउँछन् ।
यस्तै पछिल्लो समय अश्लील भिडियो प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा प्रकरणसँग जोडिएर चर्चामा आएकी अभिनेत्री गहना वशिष्ट ‘न्यूड’ भएर इन्स्टाग्राममा लाइभ आएको छिन् । राज कुन्द्राले बनाएका चलचित्र अश्लील नभएको र ‘इरोटिका’ भएको भन्दै कुन्द्राको समर्थनमा उत्रिएकी गहनाले आफ्नो कुरा बुझाउन लाइभ आएको छिन् ।
गहनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गहनाले उक्त भिडियोमा आफूले कपडा नलगाएको बताएकि छन् । उनले दर्शकलाई सोधेकि छन्, ‘के म अश्लील देखिएकी छु रु’
उनले अगाडि भनेकी छन, ‘म तपाईंहरू सबैको अगाडि लाइभ बसेकी छु । के म अश्लील वा ‘घटिया’ देखिएकी छु रु के तपाईं यसलाई पोर्न क्याटेगोरीमा गन्न सक्नुहुन्छ रु तर अझै पनि यसलाई तपाईंहरू पोर्नका रूपमा व्याख्या गर्नहुन्न भने मैले सबै कपडा लगाएको भिडियोलाई किन पोर्न भन्नुहुन्छ रु यो गलत हो । मैले कपडा लगाएर बनाएको भिडियो पोर्न अनि केही पनि नलगाएको भिडियो पोर्न नहुने कसरी हुन्छ रु’ गहनाले उक्त लाइभ भिडियोमा ‘कपडा बिनाको लाइभ’ क्याप्सन लेखेएकी छन । लाइभमा गहना बिना कपडा आएको भए पनि गोप्य अंगभने देखाएको छैन ।


