धनगढी,साउन १६ (ई-रैवार)
नेपालमा शनिबार थप ३,१०६ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,२६३ नमूना पिसिआर परीक्षण गर्दा २,२८० मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४,२५६ गर्दा ८२६ जनागरी ३,१०६ कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ९५ हजार ३ सय ८९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६१ ह्जार ३ सय ५० जनामा संक्रमण पुष्टि भएको छ । अहिले आइसोलेसनमा ३१ हजार ३५५ र क्वारेन्टाइनमा ३८० जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार ५१९ जनाको नमूना परीक्षण गर्दा ३,१०६ जना कोरोना संक्रमण पुष्टि भएका हुन् । पछिल्लो २४ घण्टामा १ हजार ९१६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५४ हजार १७७ छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएका छन्। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ ।


