प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल
Spread the love

काठमाडौँ, साउन १२ (ई–रैवार) 

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  मंगलबार बिहान भेटवार्ता भएको हो ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भेटमा मन्त्रिपरिषद् विस्तारसहित समसामयिक विषयमा प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षबीच भेटवार्ता भएको बताएका छन् ।

स्वकीय सचिव देउवाले गठबन्धनमा छलफल जारी रहेकाले मन्त्रिपरिषद् विस्तार गर्न केही समय लाग्ने बताए । काँग्रेस सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै काँग्रेस र माओवादीबाट २–२ जनालाई मन्त्री बनाएपनि त्यसपछि मन्त्री थप्न सकेका छैन । यसैबीच दुई दिन अघि देउवाले एक जना राज्यमन्त्री थपेका थिए ।