धनगढी, भदौ ८ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा आज थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पीसीआर र एन्टिजेन बिधिबाट ८ सय १४ जनाको नमुना परीक्षण गर्दा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालमा १ सय ५७ जनाको नमुना परीक्षण गर्दा ४४ जना, महाकाली अस्पतालमा ७६ जनाको नमुना परीक्षण गर्दा ८ जना, डडेल्धुरा अस्पतालमा २४ जनाको नमुना परीक्षण गर्दा १ जना र डोटी अस्पतालमा १० जनाको नमुना परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै प्रदेशभर आज १३ जनाकोरोना संक्रमितले कोरोना जितेर घर फर्किएको निर्देशनालयले जनाएको छ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–२ का ९३ वर्षीय पुरुषको मंगलबार साढे २ बजे मृत्यु भएको हो ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले साउन ६ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका पुरुषको मृत्यु भएको जानकारी दिए । प्रादेशिक अस्पतालमा अहिले १० जना संक्रमितको उपचार भइरहेको छ ।


