काठमाडौं, साउन ११ (ई–रैवार)
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक आज बोलाएका छन् । आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।
सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफलसहित आवश्यक निर्णय हुने जानकारी दिएका छन् ।
आइतबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।


