प्रतिनिधिसभा बैठक बस्नुअघि कांग्रेस र माओवादी केन्द्रले बोलाए संसदीय दलको बैठक

Spread the love

काठमाडौं साउन ३ (ई-रैवार) 

सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ । आइतबार अपरान्ह पुनःस्थापित प्रतिनिधिसभा बैठक बस्नुअघि काँग्रेस र माओवादीको संसदीय दलको बैठक बस्न लागेको हो ।

काँग्रेस र माओवादी केन्द्रले संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न दुवै छुट्टाछुट्टै बैठक बोलाएका हुन् ।

आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादीको बैठक बस्दै छ । माओवादी केन्द्रले बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुलाई बोलाएको छ ।

यस्तै नेपाली काँग्रेसको बैठक आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बस्दै छ । काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट काँग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो।

तिनिधिसभा बैठकमा कांग्रेस सांसदहरुले खेल्ने भूमिकाबारे संसदीय दलका नेता देउवाले निर्देशन दिने उनी निकट एक नेताले बताए । बैठकमा अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भ छलफल गर्न काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालको भनाइ छ ।