चीनले अनुदानमा दिएको ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

Spread the love

काठमाडौँ, जेठ १८ (ई-रैवार) 

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ । चीन सरकारले प्रदान गर्ने घोषणा गरेको १० लाख डोजमध्ये ८ लाख डोज खोप नेपाल एयरलाइन्सको विमानले ल्याएको हो ।

चीन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको परामर्शपछि प्रदान गर्ने घोषणा गरेको १० लाख डोजमध्ये नेपाल एयरलाइन्सको विमानले मंगलबार बेइजिङबाट ८ लाख डोज भ्याक्सिन ल्याएको हो । यसमध्ये ५० हजार ४०० डोज खोप मंगलबार विहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण भइसकेको छ ।

यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ । भ्याक्सिन लिनका लागि क्याप्टेन विजय लामाको टोली सोमबार राति बेइजिङ उडेको थियो ।