बैतडी, असोज २४ (ई-रैवार)
बैतडीमा प्रहरी निरीक्षक सहित ५ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित ५ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन ।
कोरोना पुष्टि हुनेमा १ जना प्रहरी निरीक्षक, १ जना प्रहरी नायव निरीक्षक, १ जना प्रहरी सहायक निरीक्षक, १ जना हवल्दार र १ जना जवान रहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताएका छन्।
संक्रमण पुष्टि भएका सबै हाल क्वारेन्टाइनमा रहेका र आइसोलेट गर्ने काम भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।


