काठमाडौँ, असार २३ (ई–रैवार)
नेपालमा आज थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जना र ४०६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनागरी २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ५० हजार १६२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख १४ हजार ३२७ रहेको छ ।
हालसम्म देशभर ३३ लाख ९१ हजार ३७९ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ३२३ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २६ हजार ५४४ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३९०, कास्कीमा २१०, चितवनमा २०६, झापामा १६९, सुनसरीमा १२४ र मोरङमा १२३ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै ललितपुरमा ८६, नवलपरासी पूर्वमा ७२, मकवानपुरमा ६८, भक्तपुरमा ६७, काभ्रेपलाञ्चोकमा ६५, कैलालीमा ५१,रुपन्देहीमा ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
नुवाकोटमा ३७, तनहुँमा ३५, पाल्पामा २६, बर्दियामा २१, सिन्धुपाल्चोकमा र स्याङजामा २०/२० जना, जुम्लामा १९, धनकुटामा १७, गोरखामा १५, दाङमा १३, धादिङमा १२, कञ्चनपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका ७६ बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १९० जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल उपत्यकाका तीनसहित कास्की, चितवन, मकवानपुर, झापा, मोरङ र सुनसरीमा संक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छन् ।
यो संख्या आफैंमा कम भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् । लक्षण भएका कोरोना संक्रमितको सरकारी अस्पतालहरुमा निःशुल्क परीक्षण हुने भन्दै उनले यदि कसैलाई कोरोना संक्रमण लक्ष्मण भए परीक्षण गराउन आग्रह गरे ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २९१ पुगेको छ ।


