सेती प्रादेशिक अस्पतालमा शुक्रबार ९९ नमूना परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि

Spread the love

धनगढी, असार १८ (ई–रैवार)

सेती प्रादेशिक अस्पतालमा शुक्रबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ९९ नमूना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत छन् । जसमध्ये ६ जना संक्रमित आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् भने ७ जना बिरामी अस्पतामा भर्ना भएका छन् ।

सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतामा कसैको पनि मृत्यु नभएको बताएका छा् ।