काठमाडौं, असार १३ (ई-रैवार)
देशभर आज थप १९२० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जनागरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ । हालसम्म ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २४ घण्टामा ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपलामा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।


