सर्वोच्चद्वारा पत्रकारलाई कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी

Spread the love

काठमाडौँ, असार ६ (ई-रैवार)

सर्वोच्च अदालतले पत्रकारहरूलाई प्राथमिकता दिएर कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अदालतलेअग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारहरूलाई प्राथमिकता दिएर कोरोना भाइरस ९कोभिड( १९०विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन आइतबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले आइतबार ‘पत्रकारहरूको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नु पर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकाले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी अंग्रपंक्तिमा रही समाचार संकल गर्ने पत्ररकारहरुलाई प्राथमिकता प्रदान गरी कोभिड विरूद्धको पहिलो खोप लगाएकालाई दोश्रो र पहिलो खोप पनि नलगाएकालाई कोभिड विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन’ अन्तरिम आदेश दिएको हो।

‘पत्रकारहरूको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नपर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकोले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारहरूलाई प्राथमिकता प्रदान गरी कोभिड विरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउनू,’ सर्वोच्च अदालतले जारी गरेको आदेशमा लेखिएको छ ।

पत्रकारहरूलाई कोरोनाको खोप लगाउन माग गर्दै अधिवक्ता तथा अर्थसंसार डट कमका प्रधान सम्पादक लिलानाथ घिमिरेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले सरकारलाई १५ दिन भित्र अन्तरिम आदेश जारी नगर्नु पर्ने भए लिखित जवाफ पेश गर्नसमेत आदेश दिएको छ।