सुदूरपश्चिम प्रदेशमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

धनगढी, मंसिर १० (ई–रैवार)

सुदूरपश्चिम प्रदेशका थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिम प्रदेशको सामाजीक मन्त्रालयलका अनुसार सेती प्रादेशिक अस्पताल आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामा आज ३ सय १३ जनाको परीक्षण गर्दा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार १६ महिला र १९ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।

सूचना अधिकारी श्रेष्ठका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ का २ जना, वडा नम्बर २,३,५र८ का १/ १ जना, धनगढीको वडा नम्वर नखुलेका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

कैलालीको टिकापुरका ८ जना, गोदावरीका ४ जना,घोडाडोडीका १ जना, र कैलालीको स्थानीय तह नखुलेका  १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

यस्तै कञ्चनपुरको भिमदत्तका ६ जना, बेतकोटका ४ जना, पुर्नवासका २ जना, बेलडाडीका १ जना र बझाङका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १७ जना, बैतडी अस्पतालको प्रयोगशालामा १३ जना, डोटी अस्पतालको प्रयोगशालामा २ जना, कमल बजारको प्रयोगशालामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजीक मन्त्रालयलले जनाएको छ ।

डडेल्धुरा अस्पतालमा बुधवार १७ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालमा पछिल्लो २४ घण्टामा ८० जनाको स्वाव परिक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पतालमा गरिएको परिक्षणमा डडेल्धुराको अमरगढी नगरपालिकामा ३ जना, जिल्ला अस्पतालमा कार्यरत १ जना, र दार्चुलाका १३ जनामा कोरोना पुष्टि भएको कोभिड सम्पर्क व्यक्ति सिद्धराज भटटले बताए ।

यस्तै, बैतडीमा १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा ८३ जनाको परीक्षण गरिएकोमा दशरथचन्द नगरपालिका ४ जना, पुरचौडी नगरपालिकामा १ जना,सशस्त्र प्रहरी बल नेपाल, गुल्म नम्बर ५१ बैतडीका ६ जना, र जिल्ला प्रहरी कार्यालय बैतडीका २ रहेको ल्याव टेक्निसियन डम्मर पुजाराले बताए ।

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएको छ । १४ जनाको कोरोना परीक्षण भएकोमा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार कोरोना पुष्टि हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिकामा १ जना र जिल्ला प्रहरी कार्यालयका १ जना गरि २ जनामा कोरोना संक्रमण भेटिएको बताए ।

यस्तै, बझाङको अस्पतालमा १ सय २४ जनाको स्वाव परिक्षण गरिएकोमा १५ जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल बझाङका ल्याव ईन्चार्ज नरेश खडकाले जानकारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार २ सय ८३ पुगेको छ ।