काठमाडौँ, जेठ २३ (ई-रैवार)
नेपालमा आज थप ३४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जनागरी ३४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ७३१, ललितपुरमा २५४, मोरङमा २२५, भक्तपुरमा १४६, काभ्रेपलाञ्चोकमा १२९ र झापामा ११८, धनुषामा ८६, धादिङमा ८३, सुर्खेतमा ७१, पाल्पामा ७०, मकवानपुरमा ६६, बारामा ६४, सुनसरीमा ६०,कास्कीमा ५८, नुवाकोटमा ५६,रूपन्देहीमा ५०, बर्दियामा ४७, सिरहा र बाँकेमा ४६/४६ जना, सर्लाहीमा ४२,कैलालीमा ४०,गोरखा र दाङमामा ३९/३९ जना र चितवनमा ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
बैतडीमा २६, सिन्धुलीमा २५, सल्यानमा २१,महोत्तरीमा २०,नवलपरासी पूर्व र गुल्मीमा १८/१८ जना, तनहुँमा १६,नवलपरासी पश्चिममा १५, अछाममा १४,, रोल्पा र रूकुम पश्चिममा १२/१२ जना, रामेछापमा ११, रौतहट, सप्तरी, पर्वत र अर्घाखाँचीमा १०/१० जना, उदयपुर र कविपलवस्तुमा ९/९ जना, स्याङजामा ८, कञ्चनपुरमा ७, इलाम र संखुवासभामा ५/५ जना, भोजपुरमा ४,तेह्रथुम, पर्सा, पोखरा,बागलुङ र जाजरकोटमा ३/३ जना, रसुवा, प्युठान र हुम्लामा २/२ जना तथा पाँचथर, सोलुखुम्बु, म्याग्दी, लमजुङ, रूकुम पुर्व, दैलेख, दार्चुला र बाजुरामा १/१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका ९१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २५७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ९१ हजार ९ पुगेको छ ।
योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ५ लाख ८८ हजार १२४ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८९८ पुगेको छ ।


