माधव नेपालसहित २७ संघीय र कर्णालीका ५ सांसदसँग स्पष्टीकरण सोध्ने नेकपा एमालेको तयारी (नामावलीसहित)

माधव नेपालसहित २७ संघीय र कर्णालीका ५ सांसदसँग स्पष्टीकरण सोध्ने नेकपा एमालेको तयारी (नामावलीसहित)
Spread the love
linkedin sharing button
gmail sharing button
tumblr sharing button

काठमाडौँ, वैशाख ७ (ई-रैवार) 

नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहितका सांसदहरुलाई कारबाहीका लागि स्पष्टीकरण सोध्दै छ । संघीय  २७ र प्रदेशका पाँच गरी ३२ सांसदलाई स्पष्टीकरण सोध्ने तयारी भएको हो ।

एमालेको केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ जना संघीय र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजै स्पष्टीकरण पत्र पठाउन लागिएको जानकारी दिए।

´स्पष्टीकरण पत्र पठाउने तयारीमा छौँ। आजै पत्र पुग्छ,´ उनले भने, `पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नआएमा थप कारबाही अगाडि बढछ।´

बालुवाटारमा सोमबार बसेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले स्पष्टीकरणको लागि दुई दिनको समय दिने निर्णय गरेको थियो। उनीहरुलाई वैशाख १० गते बस्ने बैठकबाट कारबाही गर्ने तयारी गरिएको छ।

नेकपा एमालेले कारबाहीका लागि तयार पारेको संघीय सांसदको नामावली

१) माधवकुमार नेपाल
२) भीम रावल
३) सुरेन्द्र पाण्डे
४) घनश्याम भुसाल
५) पवित्रा निरौला
६) झपट रावल
७) मेटमणि चौधरी
८) यज्ञराज सुनुवार
९) जीवनराम श्रेष्ठ
१०) झलनाथ खनाल
११) विरोध खतिवडा
१२) सोमप्रसाद पाण्डे
१३) भवानी खापुङ
१४) नारायण खतिवडा
१५) जयकुमार राई
१६) गणेश पहाडी
१७) डा. दीपकप्रकाश भट्ट
१८) योगेशकुमार भट्टराई
१९) हिराचन्द्र केसी
२०) पुष्पाकुमारी कर्ण कायस्थ
२१) कल्याणी खड्का
२२) लक्ष्मीकुमारी चौधरी
२३) सरलाकुमारी यादव
२४) कृष्णलाल महर्जन
२५) नीरादेवी जैरु
२६) मुकुन्द नेउपाने
२७) रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसद :

१) प्रकाश ज्वाला
२) नन्दसिंह बुढा
३) कुर्मराज शाही
४) अम्बरबहादुर थापा
५) देवी ओली