एमाले कार्यदल बैठक सिंहदरबारमा सुरु, विवादका विषयवस्तुमा प्रवेश

Spread the love

काठमाडौँ, असार २३ (ई–रैवार)

नेकपा एमालेको कार्यदल बैठक सिंहदरबारमा सुरु भएको छ । आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहान साढे १० बजे बस्ने भने पनि करिब १२ बजेदेखि बैठक सुरु भएको हो।

कार्यदलमा पार्टी मिलाउने प्रयासस्वरुप सोमबार र मंगलबार पनि छलफल भएको थियो । यसअघि मंगलबार बसेको बैठक विषयवस्तुमा प्रवेश गर्दै आज पुनः बस्नेगरि टुङ्गिएको थियो। सोमबारको बैठकमा विगतमा भएका प्रगतिका विषयमा छलफल भएकोमा मंगलबार विवादका विषयवस्तुमा प्रवेश गरेको बैठकपछि नेताहरुले जानकारी दिए।

बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त भिम आचार्य लगायत छन्।

ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा,उपमहासचिव विष्णुप्रसाद पौडेल, सचीव प्रदिप ज्ञवाली,स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल रहेका छन् ।